आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिविमा पढाउने व्यवस्था मिलाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

त्रिविमा पढाउने व्यवस्था मिलाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पढाउन मिलाइ दिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

काठमाडौं बूढानीलकण्ठ नगरपालिका भङ्गाल बस्ने सप्तरीको शम्भुनाथ नगरपालिका–२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको हो।

राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै एक जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

राउतले विभिन्‍न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वसँग नजिकको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई विभिन्न बहाना बनाई ठगी गर्ने गरेकोसमेत खुल्न आएको छ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 29, 2024| 18:20 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्