शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले भने - निजी क्षेत्रसँग मिलेर बन्द उद्योगहरू सञ्चालन गर्छौं

प्रधानमन्त्रीले भने - निजी क्षेत्रसँग मिलेर बन्द उद्योगहरू सञ्चालन गर्छौं

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन्।

National life

बाराको जीतपुर-सिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकनपछि स्थानीय व्यवसायीसँग सोमबार अन्तक्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने स्पष्ट पारे।

'निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,' प्रधानमन्त्रीले भने, 'रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ।'

‘सेज’ले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास जनाए।

प्रकाशित: Jan 29, 2024| 18:40 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्