आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विकासका लागि प्राविधिक जनशक्ति आवश्यक, घोकन्ते शिक्षाले बेरोजगारी बढ्यो : नेता कोइराला

विकासका लागि प्राविधिक जनशक्ति आवश्यक, घोकन्ते शिक्षाले बेरोजगारी बढ्यो : नेता कोइराला

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन्।

केवल शब्द रटानले मात्रै देश नबन्ने भन्दै नेता कोइरालाले विकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताएका छन्।

'अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र उध्यमशिल बनाउँन सक्दैन तवसम्म देश समृद्धिको बाटोमा जान सक्दैन,' कोइरालाले भने।

अन्तर्राष्ट्रिय बजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए। राम्रो प्राविधिक जनशक्ति तयार गर्दा बैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउँने र स्वदेशमै बस्नेले पनि राम्रो आय-आर्जन गर्न सक्ने उनको भनाई थियो।

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्यका क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताए।

प्रकाशित: Jan 29, 2024| 17:50 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्