शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अजरबैजान पठाइदिने प्रलोभनमा ३३ लाख ठग्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

अजरबैजान पठाइदिने प्रलोभनमा ३३ लाख ठग्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

काठमाडौं- वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्। मिराकल कन्सलटेन्सीका सञ्चालक बारा जिल्लाको कोल्वी नगरपालिका ४ बस्ने वर्ष ३३ को राम शरण शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो।

National life

शिवाकोटीले युनिसा आले मगर समेतलाई वैदेशिक रोजगारीको लागि अजरबैजान पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ, अजरबैजान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक २ लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको भनाइ छ। पीडितहरूबाट पटक पटक गरी १६ लाख ५० हजार रुपैयाँ र राजन प्रसाई समेत ३ जनाबाट १६ लाख ५२ हजार रुपैयाँ गरी जम्मा ३३ लाख दुई हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए।

सिवाकोटीले धेरै जनालाई त्यसरी ठगी गरेको बुझिन आएको प्रहरीको भनाइ छ। भारतको दिल्लीमा लामो समयदेखि लुकिछिपी बस्दै आएका उनलाई खोजतलासको लागी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली खटीई गएकोमा यही माघ १४ कञ्चनपुर भिमदत्त नगरपालिका– ४ गड्डाचौकीबाट पक्राउ गरेको जनाएको छ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। साथै प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरुमा पठाउने भनी धेरै व्यक्तिहरुसँग रकम लिएको खुल्न आएकोले निजबाट ठगिएका व्यक्तिहरुले वैदेशिक रोजगार विभाग ताहाचलमा सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया गर्न समेत प्रहरीले सुचित गरेको छ।

प्रकाशित: Jan 29, 2024| 16:26 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्