शनिबार, पुस ५, २०८२

पाथीभरामा केबुलकार बनाउने योजनाको विरोध

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

ताप्लेजुङको प्रशिद्ध पाथीभरा मन्दिरमा केबुलकार निर्माण नगर्न भन्दै सदरमुकाम फुङलिङमा विरोध प्रदर्शन भएको छ। मुन्धुमी आस्थाको पवित्र स्थल भएकाले केबुलकार बनाउन नहुने माग प्रदर्शनकारीको छ।

National life

केबुलकार खारेजी समिति बनाएर स्थानीयबासी आन्दोलित भएका छन्। प्रकृति मास्न नपाइने, पाथीभरालाई यथास्थितिमा राख्नुपर्ने, पाथीभराको नाम मुक्कुमलुङ हुनुपर्ने, आइएलओ १६९ पालना गर्नुपर्ने लगायत माग उनीहरुका छन्।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबुलकार निर्माणका लागि पाथीभरा केबुलकार निर्माण प्रालिले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरिसकेको छ। कम्पनीको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गरेका छन्।

रुख कटान र निर्माणको चरणमा पुगेको कम्पनीलाई फुङलिङ नगरपालिकाले निर्माण अनुमति दिएको छ। आन्दोलनकारीले भने रुख काट्न कुनै हालतमा नदिने अडान लिँदै आएका छन्। उनीहरुले कटान हुने क्षेत्रमा बसेर अवरोध पुर्‍याएका छन्। आन्दोलनरत र निर्माण कम्पनीबीच समन्वयका लागि जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति गठन गरिएको छ।

प्रकाशित: Jan 29, 2024| 15:24 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्