आइतबार, भदौ १४, २०८३

मन्दिरको दान पेटिका चोरी भएपछि जनकपुरमा प्रदर्शन

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

धनुषाको नगराइन नगरपालिका ९ स्थित माता रानी दरबार र हनुमान मन्दिरमा चोरी भएको विरोधमा हिन्दू सम्राट सेनाले प्रदर्शन गरेको छ। जनकपुर–जटही छ लेन सडकमा टायर बालेर हिन्दूवादी युवाहरूले प्रदर्शन गरेका हुन्।

उनीहरूले हिन्दू राष्ट्र कायम गर, मन्दिरमा चोरी गर्ने अपराधीलाई कारबाही गर जस्ता नारा लगाएका छन्। प्रदर्शनमा उत्रेका हिन्दू सम्राट सेनाका राजेश यादवले आइतबार राति मन्दिरमा चोरी भएको बताए।

जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले तीन दिनभित्र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएपछि सडक सञ्चालनमा आएको छ।

प्रकाशित: Jan 29, 2024| 13:52 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्