शनिबार, पुस ५, २०८२

विवाहको प्रस्ताव गर्दा विवाद, महिलाको हत्या

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

National life
Laxmi sunrise bank
kumari

झापामा विवाहको प्रस्ताव गर्दा भएको विवादपछि महिलाको हत्या गर्ने एक जना प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-८ गरामनी घर भई सोही नगरपालिका-५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्र प्रसाद प्रसाई रहेका छन्।

बिर्तामोड नगरपालिका-५ बस्ने इलाम माई नगरपालिका-१ महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको अभियोगमा प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो। झापा अर्जुनधारा नगरपालिका-६ स्थित बिहानी टोल रोड नम्बर १६ भित्र सडकको दक्षिण किनारा बिग ब्रदर कबडहल अगाडि माया पुलामी माघ ८ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न प्रसाईलाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

बिग ब्रदर कबडहलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले विवाह गर्ने प्रस्ताव गर्दा माया पुलामीले दाहिने आँखामा हातले हानेको विषयलाई लिएर प्रसाईले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ। प्रसाई उपर झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको  छ।

प्रकाशित: Jan 29, 2024| 13:03 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्