शनिबार, पुस ५, २०८२

नवजात शिशुसहित बेपत्ता भएकी महिला मृत फेला

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

पाँचथरमा २५ दिनको नाबालकसहित बेपत्ता भएकी आमा मृत भेटिएकी छन्। याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईंको शव तमोर नदी किनारमा भेटिएको हो।

National life

उनले बोक्ने मोबाइल र लगाएको केही कपडा नदी किनारमा भेटिएको थियो।

प्रहरीका अनुसार उनी आइतबारदेखि बेपत्ता थिइन्। आमा मृत भेटिए पनि शिशुको अवस्था भने थाहा हुन सकेको छैन। महिला आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी चोकपुरबाट आइतबार बिहान ११ बजेतिर परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन भनेर हिँडेकी बताइएको छ।

 

प्रकाशित: Jan 29, 2024| 12:56 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्