बुधबार, वैशाख १६, २०८३

बिहेका लागि वडाको सिफारिस अनिवार्य

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

National life
kumari

जुम्लाको तिला गाउँपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौ वटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको छ।

यहीअनुसार वडा नम्बर ६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो।

विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ। कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ।

प्रकाशित: Jan 29, 2024| 12:48 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्