शनिबार, पुस ५, २०८२

ड्युटीमा रहेका प्रहरीलाई कुटेर फरार

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानमाथि कुटपिट भएको छ। इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो।

National life

बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेतिर कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। प्रहरी जवानलाई कुटपिट गर्नेको पहिचान भइसकेको छ। बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसी, बाँफिकोट गाउँपालिका-३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर-४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्कालगायत १२-१३ जनाको समूहले प्रहरीमाथि कुटपिट गरेको हो।

उनीहरूले सामान्य विवादका कारण कुटपिट गरेको बताइएको छ। कुटपिटबाट प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ। उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीमाथि कुटपिट गर्नेहरू फरार छन्।
 

प्रकाशित: Jan 29, 2024| 11:03 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्