शनिबार, पुस ५, २०८२

संसद् भवनभित्रै सांसदहरुबीच कुटाकुट भएपछि...

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

मालदिभ्सको संसद्‍मा झडप भएको छ। विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन्।

National life

चीनसँग निकट मानिएका प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो।

प्रस्तावित मन्त्रीहरुको नाम संसद्बाट पास गर्ने विषय नै झडपको कारण भएको बीबीसीले जनाएको छ। विवाद बढ्दा सत्ता पक्ष र प्रतिपक्षीबीच हात हालाहाल भएको हो। झडपमा केही सांसदको टाउकोमा चोट लागेको छ। एक सांसदलाई उपचारका लागि अस्पताल समेत लगिएको थियो। झडपको भिडियो सामाजिक सन्जालमा भाइरल छ।

मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस (पीपीएम) र पीएनसीको गठबन्धन सरकार छ। ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जु प्रधानमन्त्री छन्। अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ। वर्तमान सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ।

मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले सरकारले नियुक्त गर्न खाजेका चार सदस्यको विरोध गरेको छ। एमडीपीले संसदमा मतदान हुनु अगाडि नै मन्त्रिपरिषद्‍मा नियुक्त गर्न लागिएका चार सदस्यको प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको थियो। त्यसप्रति सत्ता पक्षका सांसदहरुले विरोध जनाएपछि त्यही विवाद झडपमा परिणत भएको हो। त्यसपछि मन्त्रिपरिषद्का सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 29, 2024| 09:55 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्