शनिबार, पुस ५, २०८२

वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

सल्लेरी- सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा नि:शुल्क उपलब्ध गराएका छन्। उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन्।

National life

इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए। उनले भने, ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो। साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ।’

उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताउँछन्।

उनले भने, ‘इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षार्कीलगायत लाभान्वित हुन्छन्।’

इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन्। सुरुआतमा लाग्ने इन्टरनेट जडान खर्चसहित वार्षिक रुपमा तिर्नुपर्ने इन्टरनेट खर्च १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै बेहोरेका हुन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 29, 2024| 10:10 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्