काठमाडौं- मिनी ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा तनहुँमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग१क ५०१२ नं.को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३-०२-००९प ८५३० नं.को मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।