आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विश्‍वमाझ चिनाउने खेलकुदका लागि पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता : मन्त्री साउद

विश्‍वमाझ चिनाउने खेलकुदका लागि पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता : मन्त्री साउद

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

कञ्‍चनपुर- कैलालीको फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै उनले पूर्वाधार निर्माणमा सरकार लागि परेको बताए। 

‘फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ। त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ’, उनले भने, ‘खेलकुदले देशलाई विश्वमाझ चिनाउँछ। पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ।’

नेपालको क्रिकेट खेल अभ्यासका लागि भारतले स्टेडियम उपलब्ध गराउने प्रतिवद्धता जनाउको उनले बताए। यसले नेपाली क्रिकेट खेलाडीलाई अभ्यासमा सघाउने उनको भनाइ छ। 

आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। परराष्ट्रमन्त्री साउदले प्रतियोगिताको उद्घाटन गरेका हुन्। प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ।

प्रकाशित: Jan 28, 2024| 17:34 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्