शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीले भने - ज्ञानेन्द्र कुशका राजा थिए, दरबार हत्याकाण्डबारे अफवाह फैलाए 

ओलीले भने - ज्ञानेन्द्र कुशका राजा थिए, दरबार हत्याकाण्डबारे अफवाह फैलाए 

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन्।

National life

दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए। शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए।

एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको उनले बताए।

दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको भन्दै उनले भने, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्‍यो। राजतन्त्र समाप्त गर्‍यो।’

राजाको जेठो छोरा राजा हुने व्यवस्था भए पनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको उनले बताए। यद्यपि त्यसबेला सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम भएको ओलीले बताए।

Laxmi sunrise bank
kumari

‘ज्ञानेन्द्र शाह राजा होइन’ उनले अगाडि भने, ‘बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा हुन्।’

प्रकाशित: Jan 28, 2024| 17:14 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्