शनिबार, पुस ५, २०८२

शालिग्राम कालीगण्डकी करिडोर निर्माण हुँदै

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

डुम्रे- तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ। एक्काइस दशमलव पाँच किलोमिटर दुरीको उक्त मार्ग निर्माणले ग्रामीण क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको स्थानीय बताउँछन्। 

National life

उक्त मार्ग ग्राभेल प्रकारको निर्माण गरिने पूर्वाधार कार्यालय तनहुँका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिए। 'ग्राभेल किसिमको संरचनामा यो मार्ग निर्माण गरिनेछ', उनले भने, 'यसमार्ग निर्माणपश्चात् ग्रामीण क्षेत्रलाई तराईसँग जोड्नेछ भने आवागमन पनि सहज हुँदै जानेछ।'

निर्माण अन्तिम चरणमा पुगेको सूचना अधिकारी मिश्रले बताए। 'निर्माण अन्तिम चरणमा पुगेको छ। पहिराको जोखिम रहेका केही स्थानमा निर्माण गर्न समय लाग्ने देखिएको छ', उनले भने, 'सम्झौता सकिने बेला पनि भएकाले तीव्रगतिमा काम भइरहेको छ। पहिराको जोखिम क्षेत्रमा समस्या भए समय थप्नुपर्ने हुन्छ। नत्र सम्झौता मितिमा काम  सम्पन्न हुन्छ।'

विसं २०८१ फागुन २३ सम्ममा निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ फागुन २३ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। २५ करोड आठ लाख ७३ हजार रूपैयाँमा सम्झौता भएको पूर्वाधार कार्यालयले जनाएको छ।

यसमार्ग निर्माणले नवलपुरवासीलाई गण्डकी प्रदेशको राजधानी पोखरासम्म पुग्न सहज र छोटो हुनेछ। पृथ्वीराजमार्गअन्तर्गत पोखरा-तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा-खैरेनीटार खण्डमा भिमाद-मानपुर-फुला खण्डसँग जोडिन्छ।

Laxmi sunrise bank
kumari

शालिग्राम कालीगण्डकी करिडोर मार्गमार्फत घिरिङ गाउँपालिकाको मानपुर हुँदै नवलपुरको बौदीकाली गाउँपालिका डेढगाउँस्थित कालीगण्डकी करिडोरमा निस्कन सकिन्छ। यो मार्ग नवलपुरका लागि विशेष महत्वका रुपमा लिइएको छ। रासस

प्रकाशित: Jan 28, 2024| 20:41 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्