शनिबार, पुस ५, २०८२

बिहारका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिए

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

काठमाडौं- भारतको बिहार प्रदेशका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिएका छन्। उनले आज राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई राजीनामा बुझाएका हुन्।

National life

राजीनामा दिएसँगै उनले गठबन्धनबाट अलग हुने घोषणा पनि गरेको बीबीसी हिन्दीले जनाएको छ। उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जनता र पार्टीको राय सुनेर राजीनामा दिएको बताएका छन्। आगामी योजनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘म पहिलेका सहयोगीहरुसँग अलग भएर नयाँ गठबन्धनमा गएको थिएँ। बाँकी दलले साथ दिएमा सोच्नेछु।’

गत साता उनले राष्ट्रिय जनता दलबाट गठबन्धन तोडेर फेरि भाजपासँग गठबन्धन गर्ने अनुमान गरिएको थियो। नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राजदसँग मिलेका थिए।

राजनीतिमा करिब पाँच दशक बिताइसकेका नीतिश कुमारले आफ्नो सहुलियतका लागि दल र गठबन्धन फेर्दै आएका छन्।

बिहारमा राजद ७९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। त्यस्तै भाजपा ७८ दलसहित भाजपा दोस्रो ठूलो दल हो भने नीतीश कुमारको जनता दल युनाइटेड (जदयू) ४५ सिटसहित तेस्रो स्थानमा रहेको छ। २४३ सदस्यीय बिहार विधानसभामा भारतीय राष्ट्रिय कांग्रेस १९, सीपीआई एमएल १२, सीपीआई २, सीपीआई एम २ र हिन्दुस्तानी अवाम मोर्चाका ४ सांसद रहेका छन्। २४३ सदस्यीय बिहार विधानसभामा सरकार गठनका लागि १२२ विधायकको समर्थन आवश्यक पर्छ।

Laxmi sunrise bank
kumari

नीतीश सन् २००५ यता आठ महिनामात्र मुख्यमन्त्रीको कुर्सीबाहिर छन्। सन् १९५१ को मार्च १ मा जन्मिएका निशित कुमार पहिलो पटक सन् २००० मा मुख्यमन्त्री बनेका थिए। छोटो समयको मुख्यमन्त्रीको कार्यकालपछि उनी अटल बिहारी बाजपेयी सरकारमा मन्त्री बने। रेलमन्त्रीका रूपमा उनले भारतीय रेलसेवामा 'चामत्कारिक सुधार' गरेका थिए। सन् २००५ मा दोस्रो पटक मुख्यमन्त्री बनेपछि नीतीशले ‘सुशासन बाबु’ का रूपमा चिनिए। विकासको मामिलामा पुछारमा रहेको बिहारमा उनले कानुनी शासन स्थापित गरे। सडक, पुल लगायतका संरचनाको उल्लेख्य विकास गरे र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याए।

७२ वर्षीय नीतीश बिहार विद्युत् बोर्डका पूर्वइन्जिनियर हुन्। सन् १९७० को दशकमा उनी समाजवादी नेता राममनोहर लोहिया र जयप्रकाश नारायणको आन्दोलनमा सहभागी भएका थिए। समाजवादी पार्टीको पटकपटकको विभाजन र एकीकरणपछि नीतीशले सन् २००३ मा जदयू गठन गरेका हुन्।

प्रकाशित: Jan 28, 2024| 15:35 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्