काठमाडौं- धादिङको गजुरीमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ।
आइतबार गजुरी गाउँपालिका-६ जरेखेतस्थित सडकमा प्र.३-०३-००१ प २६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खस्दा चालक रोल्पा सुनिल स्मृति गाउँपालिका-१ घोडागढी बस्ने १९ वर्षीय विशाल केसीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।