आइतबार, भदौ १४, २०८३

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

काठमाडौं- धादिङको गजुरीमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ। 

आइतबार गजुरी गाउँपालिका-६ जरेखेतस्थित सडकमा प्र.३-०३-००१ प २६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खस्दा चालक रोल्पा सुनिल स्मृति गाउँपालिका-१ घोडागढी बस्ने १९ वर्षीय विशाल केसीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Jan 28, 2024| 15:17 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्