शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अटोमोबाइल क्षेत्रका समस्या हटाउन प्रधानमन्त्री सकारात्मक

अटोमोबाइल क्षेत्रका समस्या हटाउन प्रधानमन्त्री सकारात्मक

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको समुहले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन्।  भेटघाटका क्रममा नाडाले औँल्याएको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्या हटाउन प्रधानमन्त्री दाहाल पनि सकरात्मक देखिएका हुन्।

National life

शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक समुहले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए। भेटघाटमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर एक सय प्रतिशत कायम गरिनु पर्ने बताएका थिए।

बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसिओलाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्‍याउनु पर्ने बताएका थिए। यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानहरु बारे विस्तृत रुपमा जानकारी गराएका थिए।

सो छलफलमा प्रधानमन्त्री दाहालले नाडाले प्रस्तुत गरेका समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताएका हुन्। विद्युतिय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगको सम्भावनाका सम्बन्धमा विशेष चासो राखेका थिए।

प्रकाशित: Jan 28, 2024| 12:53 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्