सोमबार, भदौ १५, २०८३

सेवाको सातौं वर्षमा डिजिटल वालेट खल्ती

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

काठमाडौं- डिजिटल वालेट खल्ती सेवाको सातौं वर्षमा प्रवेश गरेको छ। २०१७ मा मोबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल कारोबार शुरू गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको बताएको छ।

खल्तीले दैनिक करीब ३ लाखओटा भन्दा बढी कारोबार गर्दै आएको बताएको छ। एक लाखभन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायी प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भएको बताइएको छ।

करीब ४० लाखभन्दा बढी प्रयोगकर्ता, एक लाखभन्दा बढी एजेन्ट, ६० हजारभन्दा बढी मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था र १५ सयभन्दा बढी सहकारीसँग कारोबार गर्दै आएको खल्तीले दाबी गरेको छ। सातौं वार्षिकोत्सवका अवसरमा कम्पनीले विभिन्न सुविधा, क्यासब्याक, उपहार लगायत ल्याएको बताइएको छ।

 

प्रकाशित: Jan 28, 2024| 12:52 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्