आइतबार, भदौ १४, २०८३

झापामा वडा कार्यालयले बाँड्यो चार सय विपन्न परिवारलाई खाट

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

झापा- झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ ले विपन्न परिवारलाई खाट वितरण गरेको छ। शिवसताक्षी–४ ले वडाका चार सय विपन्न परिवारलाई खाट वितरण गरेको हो।

विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईँले बताए। ‘वडामा अधिकांश विपन्न समुदायको बसोबास छ’, उनले भने, ‘घरमा खाट नहुनेलाई खाट वितरण गरेका हौँ।’

शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको वडाध्यक्ष प्रसाईँले बताए।

उनले खाट बनाउन प्रयोग भएका थप काठ र निर्माण खर्च विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएको बताए। वडा नं ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव, सन्थाल, कर्मचार, मिश्री, थारू, तेली, राजवंशी, ताजपुरियालगायत समुदायको ठूलो बसोबास छ।

प्रकाशित: Jan 28, 2024| 11:15 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्