विश्वकै सबैभन्दा ठूलो पानीजहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ। अमेरिकाको मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो।
आइकन अफ द सीज नाम दिइएको यो पानीजहाज ३६५ मिटर लामो छ। यसमा २० डेक छन्। यो पानीजहाजमा एकैपल्ट ७ हजार ६०० जनाले यात्रा गर्न सक्छन्।
आइकन अफ द सीज क्यारेबियन ग्रुपकको पानीजहाज हो। पहिलो यात्रामा यसले सात दिन पूरा गर्नेछ। यसमा सात वटा स्वीमिङ पुल, ६ वटा वाटर स्लाइडर र ४० रेष्टुरेन्ट, बार र लाउन्ज छन्।
पानीजहाजमा बगैंचा पनि छ जसमा असली बोटबिरुवा लगाइएको छ।
![]()
![]()


