सोमबार, भदौ १५, २०८३

पहिलो यात्रामा निस्कियो विश्वकै सबैभन्दा ठूलो पानीजहाज

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

विश्वकै सबैभन्दा ठूलो पानीजहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ। अमेरिकाको मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो।

आइकन अफ द सीज नाम दिइएको यो पानीजहाज ३६५ मिटर लामो छ। यसमा २० डेक छन्। यो पानीजहाजमा एकैपल्ट ७ हजार ६०० जनाले यात्रा गर्न सक्छन्। 

आइकन अफ द सीज क्यारेबियन ग्रुपकको पानीजहाज हो। पहिलो यात्रामा यसले सात दिन पूरा गर्नेछ। यसमा सात वटा स्वीमिङ पुल, ६ वटा वाटर स्लाइडर र ४० रेष्टुरेन्ट, बार र लाउन्ज छन्।

पानीजहाजमा बगैंचा पनि छ जसमा असली बोटबिरुवा लगाइएको छ। 


 
  

प्रकाशित: Jan 28, 2024| 08:36 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्