आइतबार, चैत २२, २०८२

प्रहरीले नै ६ लाख खाएर थुनुवा भगाएपछि...

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

काठमाडौं- लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी छ लाख २५ हजार रकम बुझेको पाइएको छ।

National life

थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले रु एक करोड मागेका र कुराकानी गर्दा १० लाखमा डिल भएको भए पनि छ लाख २५ हजार लिएर थुनावालाई भगाएको खुलेको हो।

घटना २०६४ साल जेठको हो। नयाँ बानेश्वरबाट पक्राउ भई लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानका क्रममा काठमाडौं प्रहरीको हिरासत कक्षमा रहेका भारतका असरफ आलमलाई सोही साल जेठ ९ गते राति प्रहरी जवान वीरबल राय यादवले भगाएका थिए। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उक्त घटनामा संलग्न रौतहटको पथरावुधराम घर भई काठमाडौं प्रहरीको हिरासत कक्षमा कार्यरत तत्कालीन प्रहरी जवान वीरबल राय यादव त्यसपछि फरार थिए।

उनलाई कार्यालयको विशेष अनुसन्धान टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल–भारत सिमानाको काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान थालिएको छ। 

kumari

अनुसन्धानका क्रममा ती प्रहरीले नक्कली चिट बनाई आफैंले फिल्ड अधिकृतको कीर्ते दस्तखतसमेत गरी इन्सपेक्टर सापले बोलाउनुभएको छ भनी थुनुवालाई हिरासत कक्षबाट हतकडीसहित बाहिर निकालेर भगाएको र त्यसपछि आफू फरार भएका रेग्मीले बताए। 

उनले प्रतिवादीलाई हिरासतबाट निकाली कालिमाटी-कलङ्की-बुटवल हुँदै भारतको रक्सौल पुर्‍याएका थिए। प्राप्त रकमले भारतको कोलकातामा दुईवटा ट्याक्सी खरिद गरी चलाउँदै आएकामा अहिले उनीसँग नौवटा ट्याक्सी रहेको खुलेको छ।

उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्ससमेत बनाएको भन्ने खुल्न आएको जनाइएको छ। उनी हाल भारतको कोलकातामा श्रीमतीसहित बसोबास गर्दै आएको पनि खुलेको छ।

उनलाई मुलुकी अपराधसंहिता २०७४ अनुसार कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। परिसरले आवश्यक अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Jan 28, 2024| 08:22 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्