सोमबार, भदौ १५, २०८३

धरहरा परिसरमा आजदेखि निःशुल्क पार्किङ

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले धरहरा परिसरमा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ।

धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो। 

महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि त्यहाँका व्यापारीले विरोध गरेका थिए। धरहरामा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने महानगरले बताएको छ।

प्रकाशित: Jan 28, 2024| 08:04 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्