आइतबार, चैत २२, २०८२

कृष्णपुरका किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

कञ्चनपुर- व्यावसायिक तरकारीखेतीमा संलग्न कृष्णपुर नगरपालिका–६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ।​

National life

तरकारीखेती गर्नमा सघाउ पुर्‍याउनका लागि वडा कार्यालयले चालू आवको स्वीकृत कार्यक्रमअन्तर्गत रु तीन लाख बजेटमा किसानलाई टनेल उपलब्ध गराएको हो। 

‘व्यावसायिक तरकारीखेतीमा संलग्न तत्काल प्लाष्टिक टनेल निर्माण गर्नुपर्ने अवस्थाका किसानलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रममा सहभागी गराएका छौं’, वडाध्यक्ष बाबुराम चौधरीले भने, ‘टनेल माग गरेका अन्य ९९ जनालाई पनि प्राथमिकतामा राखेर कार्यक्रममा समेट्छौं।’ त्यसका लागि आवश्यकपर्ने बजेटको व्यवस्था गरिने उनले बताए।​

नगरपालिको वडा नं ६ को सिंहपुर, बालुवाफाँटालगायत तरकारी पकेट क्षेत्रका रुपमा रहेको छ। वडाका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। जिल्लाको तरकारीको आधा माग वडामा उत्पादन हुने तरकारीले धानिँदै आएको वडाध्यक्ष चौधरीले बताए।​

यसैगरी आजै वडाबाट पाँच सय किसानलाई रु दुई लाख मूल्य बराबरको लौका, करेला, भिन्डी, प्याज, फर्सीलगायतका बेमौसमी तरकारीको बिउ निःशुल्करुपमा उपलब्ध गराइएको छ।

kumari

‘किसानलाई व्यावसायिक तरकारीखेती गर्नमा सहजता ल्याउनका लागि बिउ र प्लाष्टिक टनेल वितरण गरेका हौं’, उनले भने, ‘अर्को आवमा पनि किसानको मागअनुसारका कार्यक्रम सञ्चालन गर्नका लागि योजना बनाउँछौं।’

वडामा रहेका थारू गाउँका भलमन्साका लागि एक/एक स्टिल दराज वितरण गर्ने कार्य रहेको उल्लेख गर्दै उनले एक दुई दिनभित्रै वितरण गरिने बताए। 

यस्तै वडाका ४० महिलालाई व्यवसायउन्मुख गराउनका लागि युनिक नेपालको सहयोगमा सिलाइकटाइ तालिम सञ्चालन गरिरहेको उनले जानकारी दिए। 

प्रकाशित: Jan 27, 2024| 19:31 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्