आइतबार, चैत २२, २०८२

प्रयोगमा आएन नमुना बस्ती

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

मान्म- कालीकोट जिल्लाको रास्कोट नगरपालिका–७ पोखरीकोटमा निर्माण गरिएका नमुना बस्ती सञ्चालनमा आउन सकेका छैनन्। बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमुना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन्।

National life

विसं २०७८ को बाढीपहिरोले रास्कोटका जोखिममा परेका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमुना बस्ती निर्माण गरेको थियो। नीलो जस्तापाताले सिँगारिएका एकनासका घरहरु आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमूना बस्ती रहेको स्थानीय नवराज शाहीले बताए। 

‘विसं २०७७/७८ मा बाढीपहिरोबाट पीडितका लागि प्रदेश सरकारले पहिलोपटक एकीकृत नमुना बस्तीको अवधारणा ल्याएको थियो’, उनले भने, ‘अहिले बाढीपहिरो पीडित पुरानै जोखिमाका घरमा बसिरहेका छन्। एकीकृत बस्तीका अधिकांश घरमा ताला लगाइएको छन्।’

पहिरोले पूर्णरुपमा क्षति पुर्‍याएका ७३ परिवारका लागि आवास बनाइएकामा अहिले उक्त बस्तीमा १६ परिवार मात्र बस्ने गरेको नगरपालिकाले जनाएको छ। 

रास्कोट–१, ३ र ७ का बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि प्रदेश सरकारले रु पाँच करोड बजेट छुटाएर सोही रकमबाट बस्ती निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए। 

kumari

‘एकीकृत बस्तीको काम सकिएलगत्तै बस्ती बसाल्ने सोच थियो तर त्यो सफल हुन सकेन’, उनले भने, ‘खानेपानीलगायत केही भौतिक संरचना निर्माण गर्न बाँकी रहेकाले पीडित बस्न मान्नुभएको छैन।’

प्रकाशित: Jan 27, 2024| 22:02 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्