सोमबार, भदौ १५, २०८३

नयाँ राजनीतिक सम्झौताको खाँचो : लिङदेन

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले अहिलेको व्यवस्थाका कारण मुलक अप्ठ्यारो अवस्थामा रहेको जिकिर गरे। मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो रहेकामा उनले जोड दिए।

धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको राप्रपाले गरेको माग मुलुकलाई पछाडि धकेल्ने विषय नभएको उनको भनाइ छ। उनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने बताए। माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था हुनुपर्ने उनको धारणा छ।

गणतन्त्रको १५ वर्ष नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको तर्क उनले गरे।

आफ्ना माग पूरा गराउन राप्रपाले छिट्टै आन्दोलन गर्ने उनले बताए। उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे। 

प्रकाशित: Jan 27, 2024| 17:26 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्