बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनयुद्धका बाँकी मृतकलाई पनि शहीद घोषणा गरिने : प्रधानमन्त्री प्रचण्ड 

जनयुद्धका बाँकी मृतकलाई पनि शहीद घोषणा गरिने : प्रधानमन्त्री प्रचण्ड 

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनयुद्धका क्रममा ज्यान गुमाउने बाँकीलाई पनि शहिद घोषणा गरिने बताएका छन्। 

National life

प्रधानमन्त्री प्रचण्डले थप ३ हजार जनालाई शहीद घोषणा गरेको र उनीहरुको नाम छिटै राजपत्रमा प्रकाशित गरिने बताएका छन्। शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धका क्रममा ज्यान गुमाएका तर शहीद घोषणा गर्न बाँकी रहेका करिव ३ हजार जनालाई पनि मन्त्रिपरिषदले शहीद घोषणा गरेको र राजपत्रमा प्रकाशित गर्ने प्रक्रिया अघि बढेको बताएका हुन्।

‘म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ’ उनले भने।

माओवादी जनयुद्धका क्रममा ज्यान गुमाउनेहरु अरु कोही शहीद घोषणा गर्न छुटेको भए तत्काल सम्बोधन गर्ने पनि उनले आश्वासन दिए। आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

प्रकाशित: Jan 27, 2024| 16:51 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्