बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • माओवादीका उपमहासचिवले भने - कांग्रेसबाट धोका भयो, गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं 

माओवादीका उपमहासचिवले भने - कांग्रेसबाट धोका भयो, गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं 

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि नेपाली कांग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्। 

National life

गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गरे। हरेक निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारीतापूवर्क मत दिए पनि कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ छ। 

'कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,' पुनले भने, 'कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उमेदवार हराइराख्ने कहिलेसम्म चल्छ?' 

शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोसीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उमेदवार बनाएको थियो। सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्।

kumari

प्रकाशित: Jan 27, 2024| 14:55 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्