बुधबार, वैशाख १६, २०८३

बसको ठक्करबाट रौतहटमा पैदल यात्रीको मृत्यु

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

National life
kumari

काठमाडौं- रौतहटको पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सर्लाहीबाट नारायणगढतर्फ गुडेको बा ३ ख ३४५५ नम्बरको बसले चन्द्रनिगाहपुरस्थित जगत पेट्रोल पम्प नजिकै ठक्कर दिँदा चन्द्रपुर– ५ का ५५ वर्षीय बोधनाथ पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

बिहान मर्निङवाकमा निस्केका पौडेललाई बसले ठक्कर दिएको थियो‍। बसका चालक चन्द्रपुर नगरपालिका– ४ का विजय राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 27, 2024| 11:16 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्