सोमबार, असोज ६, २०८२

पशुपतिनगर भन्सारमा राजस्व संकलनमा वृद्धि

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

इलाम- नेपाल–भारत सीमा क्षेत्र इलामको पशुपतिनगर भन्सार कार्यालयमा राजस्व सङ्कलन वृद्धि भएको छ। कार्यालयको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८०-८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरिएको छ। यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो।  

Kumaribank

आव २०७७-०७८ मा रु एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले रु एक करोड दुई हजार (५२ दशमलव ६५ प्रतिशत) राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख सुब्बाले जानकारी दिए। यसैगरी  आव २०७८-७९ मा रु दुई करोड ५३  लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ८७ लाख ३८ हजार (३४ दशमलव ४८ प्रतिशत) राजस्व सङ्कलन भएको थियो। सुब्बाका अनुसार, २०७९-८० मा रु दुई करोड ५० लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार (१०८ प्रतिशत) राजस्व सङ्कलन गरियो।

कार्यालयका नायब सुब्बा विनोद आचार्यकले अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको बताए। पशुपतिनगर भन्सारअन्तर्गत आठ वटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय यसअघि नै बन्द भइसकेका छन्। ‘हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न थालेको छ।’ आचार्यले भने। 

कार्यक्रममा सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या हुँदै आएको बताए। भारततर्फ भन्सार नहुँदा बिल इन्ट्री नहुने समस्याका कारण आयात निर्यातमा समस्या हुँदै आएको अध्यक्ष राईले जानकारी दिए। उक्त अवसरमा भारतीय सुरक्षा निकायका अधिकारी अजय कौशीकले भारततर्फ भन्सार, क्वारेनटाइनलगायतका कार्यालय स्थापना गर्न भौगोलिक समस्या रहेको बताए।

प्रकाशित: Jan 27, 2024| 11:25 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्