सोमबार, भदौ १५, २०८३

काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

काठमाडौं- हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ। काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ। 

काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। 

आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा अहिले विहान ८:४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ। दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो।

जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए। उनले अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको बताए। अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उनले बताए। तराईमा राम्रोसँग घाम नलाग्ने तर लागे पनि कम न्यानो हुन्छ।  

प्रकाशित: Jan 27, 2024| 10:41 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्