सोमबार, भदौ १५, २०८३

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन्।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।
 
उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्। नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित: Jan 27, 2024| 10:35 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्