सोमबार, भदौ १५, २०८३

सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

किमाथाङ्का- सङ्खुवासभाको मकालु गाउँपालिका–२  लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ।

आगलागीबाट मकालु–२  लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए। आगलागीबाट करिब रु २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताए। 

आगलागीबाट दुई तोला सुन, रु दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाको भनाइ थियो। गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो।

प्रकाशित: Jan 26, 2024| 21:42 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्