बुधबार, वैशाख १६, २०८३

बाँकेमा किसानलाई अनुदानमा दिने मलमा दुरुपयोग

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

जानकी- नेपाल सरकारद्वारा अनुदानमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको हो।

National life

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादर गुरुङको नेतृत्वमा वाणिज्य कार्यालय, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा गरिएको अनुगमनमा बाँकेको नरैनापुरस्थित राप्ती कृषि सहकारी संस्था लिमिटेड मटैयाको आकस्मिक अनुगमन गर्दा कैफियत भएको पाइएको छ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते दुई सय बोरा नेपाल सरकारबाट प्राप्त युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा फेला परेको छ। सप्रजिअ गुरुङका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको पाइएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा अनुदानको युरिया मल बाटोबाट नै गायब भएको छ।

सो सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ता हित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरी गोदाममा रहेको ६४ बोरा अनुदानको मल हाललाई शिल गरी गायब भएको एक सय बोरा मलका विषयमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ।

प्रकाशित: Jan 26, 2024| 20:11 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्