शुक्रबार, चैत २०, २०८२

सुदूरपश्‍चिम माओवादीमा लफडा, दलको नेताबाट हटाइए खगराज 

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको विवाद बल्झिएको छ। माओवादी सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको हो। 

National life

शुक्रबार बसेको माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकमा बहुमत  जुटाएर भट्टलाई दलको नेताबाट निकालिएको हो। भट्टइतर समूहका ६ सांसद भेला भएर उनको संसदीय दलको नेता पद खोसेका हुन्।

उनको स्थानमा दार्चुलाबाट निर्वाचित माओवादी सांसद मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको छ।  धामी यसअघि प्रमुख सचेतक थिए। अघिल्लोपटक उनी सुदूरपश्चिम प्रदेश सरकारमा वनमन्त्री पनि भएका थिए।

आफूलाई दलको नेताबाट हटाउने शुक्रबारको बैठकमा भट्ट भने उपस्थित थिएनन्।  माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले खबर गर्दा पनि भट्ट बैठकमा नआएको बताएका छन्। 

‘सबैलाई खबर गरेका थियौँ। उहाँहरु आउनुभएन’, उनले भने, ‘बहुमत सांसद उपस्थित भएर दल नेता परिवर्तन गर्ने निर्णय गरेका छौँ।’

kumari

सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादीका ११ सांसद छन्। सांसद मानबहादुर धामी, राज्यमन्त्री गीता माल, सांसदहरु अक्कल रावल, ओमविक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विक भट्ट इतर समूहका हुन्।

उता भट्टलाई भने बहालवाला मन्त्रीद्वय रमेश धामी, झपड बहादुर साउँद र सांसद जानकीदेवी कुँवरको साथ छ। संसदीय दलको नेताबाट हटाएका विषयमा यो खबर लेख्दासम्म भट्टबाट कुनै प्रतिक्रिया आएको छैन।

बहुमत माओवादी सांसदले संसदीय दलको नेता परिवर्तनको निर्णय गरे पनि अहिलेसम्म प्रदेश सभा सचिवालयलाई यसको जानकारी गराइएको छैन।

प्रकाशित: Jan 26, 2024| 14:27 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्