सोमबार, भदौ १५, २०८३

बानेश्वरमा गुड्दागुड्दैको बस भासिएपछि...

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

काठमाडौंको नयाँ बानेश्वरमा सडक भासिएको छ। ६ लेन हाइवेमा सडक भासिँदा गुड्दै गरेको बस फसेको छ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएका थिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गुड्दै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडक भासिँदा पछाडितर्फको चक्का फसेकाले क्रेन मगाएर हटाइएको छ। केही समयअघि पनि सो सडक खण्ड भासिएको थियो। 

प्रकाशित: Jan 26, 2024| 12:33 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्