सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोनप्वाइन्ट्स र फोनपेबीच लोयल्टी व्यवस्थापन सम्झौता 

फोनप्वाइन्ट्स र फोनपेबीच लोयल्टी व्यवस्थापन सम्झौता 

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

फोनप्वाइन्ट्स प्रालि र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवाप्रदायक फोनपे पेमेन्ट सर्भिसेजबीच लोयल्टी व्यवस्थापन सम्झौता भएको छ।

सम्झौतापत्रमा फोनप्वाइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरे।

सम्झौताअनुसार फोनपे फोनप्वाइन्ट्सको इकोसिस्टममा लोयल्टी व्यवस्थापनका लागि सहभागी बन्नेछ। फोनप्वाइन्ट्सले पारस्परिक रूपमा फोनपे प्रयोगकर्तालाई  प्रशासन, व्यवस्थापन, र लोयल्टी प्वाइन्टलगायत सेवा उपलब्ध गराउनेछ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले लोयल्टी रिवार्ड व्यवस्थापनमा नयाँ साझेदारको रूपमा फोनप्वाइन्ट्ससँग सम्झौता गरिएको बताए। यो साझेदारीले  ग्राहक सन्तुष्टिमा वृद्धि हुने विश्वास उनले व्यक्त गरे। फोनप्वाइन्ट्स र फोनपेबीचको सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिन महत्त्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ।

फोनपोइन्टस् एक रिवार्ड व्यवस्थापन प्लेटफर्म हो, जसले व्यक्ति र व्यवसायलाई लोयल्टी कार्यक्रमसँग संलग्न हुने तरिकामा क्रान्तिकारी परिवर्तन गर्ने लक्ष्य राख्छ। फोनपेले ६० बढी साझेदार, २ करोड बढी ग्राहक र १३ लाख मर्चेन्टसहितको प्लेटफर्मले वित्तीय कारोबारका साथ क्युआर भुक्तानी सेवा दिँदै आएको छ।

प्रकाशित: Jan 26, 2024| 11:57 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्