सोमबार, भदौ १५, २०८३

सञ्चार सेवाबाट टाढा पातारासीको गढीगाउँ

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

जुम्ला- पातारासी गाउँपालिका–१ मा रहेको गढीगाउँ आजसम्म पनि सञ्चारको सुविधाबाट बञ्चित छ। 

जिल्लाको पूर्वी भेगमा पर्ने पातारासीको बजार क्षेत्रमा पर्ने डिल्लीचौर लासीआसपास गाउँबाहेक पातारासीका धेरैजसो गाउँ सञ्चारविहीन रहेको स्थानीयवासी दिनेश ऐडीले जानकारी दिए। 

सदियौँदेखि सञ्चारविहीन गढीगाउँका बासिन्दाले पुरानै प्रणालीअनुसार खबर आदान–प्रदान गर्दै आएका छन्। खबर आदान–प्रदान गर्न रैबार पठाउने वा मान्छेमार्फत खबर आदान–प्रदान गर्ने गरिन्छ। २५० घरधुरी रहेको गढीगाउँमा एक हजार ४५८ जनसङ्ख्या रहेको त्यहाँका बासिन्दाको भनाइ छ।

वडासचिव नरबहादुर बुढाका अनुसार वडा कार्यालयमा टेलिफोन र इन्टरनेट नहुँदा अनलाइनमार्फत गर्नुपर्ने पञ्जीकरणका काम गाउँपालिकाको कार्यालय डिल्लीचौर पुगेर गर्नुपरेको छ। गाउँमा टेलिफोन सेवा नहुँदा खबर आदानप्रदान गर्न निकै समस्या भएको छ। 

तल्फीको गाउँमाथि डाँडामा टेलिफोनको टावर निर्माणाधीन अवस्थामा छ। सो टावर बनेपछि  गाउँमा टेलिफोनको सुविधा पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए। 

प्रकाशित: Jan 26, 2024| 09:02 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्