शुक्रबार, चैत २०, २०८२

बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

National life
kumari

बाँके- कोहलपुर नगरपालिका–१४ पर्वतिपुरमा बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

बिहीबार नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र न ५ ख ८५६६ नम्बरको ट्रक पर्वतिपुरस्थित आपसमा ठोक्किएका थियो। दुर्घटनामा परी ट्रकका मालिक रुपन्देही देवदह नगरपालिका–६ खैरेनी बस्ने रामकृष्ण गोतामेको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

मिनीबसमा सवार रुकुमपश्चिम सानोभेरी गाउँपालिका–३ चौकी बस्ने लोकेन्द्र विक र उनकी श्रीमती रमकला विक घाइते भएका छन्। 
 

प्रकाशित: Jan 26, 2024| 08:07 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्