शुक्रबार, चैत २०, २०८२

सामूहिक हत्या प्रकरण: फरार प्रतिवादी पक्राउ

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

किमाथाङ्का- सङ्खुवासभाको सिद्धकालीमा सामूहिक हत्या प्रकरणमा संलग्न एकजना महिला पक्राउ परेकी छन्। सामूहिक हत्या प्रकरणमा फरार रहेकी चैनपुर नगरपालिका–३ की ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन्।

National life

सामूहिक हत्या प्रकरणमा संलग्न कैली तामाङलाई मोरङ प्रहरीको सहयोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। तामाङलाई मोरङको केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट पक्राउ गरिएको उनले बताए।

प्रहरीले आज निजलाई इलाका प्रहरी कार्यालय चैनपुर ल्याइएको छ। २० वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भए पनि फरार थिए। गत २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न तामाङ प्रहरीको फरार सूचीमा थिए।

कर्तव्य ज्यान मुद्दाकी प्रतिवादी तामाङलाई घटनामा संलग्न रहेको भनेर सङ्खुवासभा जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ। जिल्ला अदालतले २०६६ साल फागुन १२ गते निजलाई २० वर्ष कैद सजाय तोकेको थियो। सङ्खुवासभाको साबिकको सिद्धकाली–२ का मङ्गल लिम्बू र योगेन्द्र दाहालको २०६० साल फागुन १० गते सामूहिक हत्या भएको थियो। खानेपानीको पाइप हराएको विवाद उत्कर्षमा पुग्दा पारिवारिक नाता सम्बन्धका आठजना मिलेर दुईजनाको सामूहिक हत्या गरेको पाइएको थियो।

दुई पक्षबीच भएको विवादमा हाल पक्राउ परेकी कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे (तामाङ), गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ र लोकबहादुर तामाङ मिलेर मङ्गल र योगेन्द्रको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रनाउ श्रेष्ठले जानकारी दिए।

kumari

घटनामा संलग्नविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दाको १४ वर्षअघि नै अदालतबाट फैसला भइसकेको थियो।

प्रकाशित: Jan 25, 2024| 22:02 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्