शुक्रबार, चैत २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम: कुन प्रदेशबाट को भए निर्वाचित ?

राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम: कुन प्रदेशबाट को भए निर्वाचित ?

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

काठमाडौं- आज बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त भएको छ। रिक्त हुन लागेका १९ सदस्य चयनका लागि आज मतदान भएको थियो।

National life

निर्वाचन आयोगका अनुसार १९ सिटका लागि ५२ जना उम्मेदवार थिए। सत्ता गठबन्धनले सबै प्रदेश र एमाले-राप्रपाले कोशी प्रदेशमा तालमेल गरेका थिए।

मत परिणामअनुसार कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन्।

मधेशबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन्।

kumari

बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भएका छन्।

गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन्।

लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन्।

कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन्।

सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्द निर्वाचित भएका छन्।
 

प्रकाशित: Jan 25, 2024| 18:33 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्