शुक्रबार, चैत २०, २०८२

कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। 

National life

बिहीबार अपराह्न आएको मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए।  

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विक उम्मेदवार छन्।

नेकपा एमालेबाट अन्यतर्फ डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमलाकुमारी शाही, दलिततर्फबाट हिक्मतबहादुर विक उम्मेदवार छन्। गठबन्धनका उम्मेदवारले जितेपनि मतभार सार्वजनिक भइसकेको छैन। 

प्रकाशित: Jan 25, 2024| 17:39 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्