शुक्रबार, चैत २०, २०८२

सुदूरपश्चिममा राष्ट्रिय सभाका तीन सिटमा सत्तारुढ गठबन्धन विजयी

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

National life
kumari

काठमाडौं- सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। आगामी फागुनमा पदावधि सकिएर रिक्त हुने तीन सिटका लागि बिहीबार मतदान भएको थियो।

सत्तारुढ गठबन्धनमा दुई सीटमा कांग्रेस र एकमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो। सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपांग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी भएकी हुन्।

निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ।

प्रकाशित: Jan 25, 2024| 17:33 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्