शुक्रबार, चैत २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट विजयी भएका सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

National life

सत्ता गठबन्धनअन्तर्गत सुवेदी नेकपा (माओवादी केन्द्र) र सापकोटा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका थिए। 

बिहीबारको भएको निर्वाचनमा महिला कोटामा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा ५ हजार ४३५ मतभारसहित निर्वाचित भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।

उनले नेकपा (एमाले)की तुलसाकुमारी केसीलाई पराजित गरिन्। केसीले २ हजार ८६७ मतभार प्राप्त गरिन्। महिला कोटामा राप्रपाबाट उम्मेदवार विजयालक्ष्मी सिंहले २५० मतभार प्राप्त गरिन्।

अन्य कोटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भए। सुवेदी ५ हजार ४३५ मतभारसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले ३ हजार ३९ मतभार प्राप्त गरे।

kumari

जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय ५० मतभार प्राप्त गरे। १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ। बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेश सभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३०५ मतमध्ये ३०३ मत खसेको थियो।

प्रकाशित: Jan 25, 2024| 17:22 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्