शुक्रबार, चैत २०, २०८२

राष्ट्रियसभा निर्वाचन : बागमतीमा पाँच जना अनुपस्थित

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

National life
kumari

मनहरि- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान प्रक्रिया सकिएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा आज भएको मतदान प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए। 

पाँच जनाले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत सञ्जेलले  बताए। प्रदेशसभा सदस्य दुई र स्थानीय तहका तीन जनाले मतदान नगरेको उनले बताए। 

स्थानीय तहतर्फ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, काभ्रेको चौंरीदेउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर तामाङ र नुवाकोटका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङले मतदान नगरेका हुन्। यसैगरी हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यद्धय शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गी पनि मतदानमा अनुपस्थित भए।  बागमती प्रदेशमा चार सिटका लागि छ दलका १५ जनाको उम्मेदवारी रहेको छ।

प्रकाशित: Jan 25, 2024| 17:14 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्