शुक्रबार, चैत २०, २०८२

तीन स्वतन्त्र मेयरले हालेनन् राष्ट्रिय सभा निर्वाचनमा भोट

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

काठमाडौं- राष्ट्रिय सभामा रिक्त १९ सदस्य चयनका लागि आज मतदान सम्पन्न भएको छ। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियो।

National life

प्रदेश सभाका सदस्य र स्थानीय सरकारका प्रमुख-उपप्रमुखले मतदान गरेका छन्। स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका तीन मेयर बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले भने भोट दिएनन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन बागमती प्रदेशका मतदाता हुन् भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोशी प्रदेशका। यसैगरी धनगढी उपमहानगर प्रमुख हमाल सुदूरपश्चिम प्रदेशका मतदाता हुन्।  
बागमतीको निर्वाचन हेटौंडामा, कोशीको विराटनगरमा र सुदूरपश्चिमको धनगढीमा भएको थियो।

तीनै मेयरले कार्यव्यस्तताको कारण देखाउँदै भोट नहालेका हुन्।

प्रकाशित: Jan 25, 2024| 16:18 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्