शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • स्यानिटरी प्याड भ्रष्टाचारमा पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

स्यानिटरी प्याड भ्रष्टाचारमा पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

काठमाडौं- सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

National life

सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।

आर्थिक वर्ष २०७७-०७८ मा सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९२८ रुपैयाँको स्यानिटरी प्याड खरिद गरेको थियो। अख्तियारका अनुसार सार्वजनिक खरिद ऐन र नियमावली अनुसार प्रचलित दरभाउलाई आधार मानेर लागत अनुमान तयार गर्नुपर्ने थियो। तर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी लगायतले लक्ष्मी ट्रेडर्सकी ललिताकुमारीसँग मिलेमतो गरेर ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने स्यानिटरी प्याडलाई १७ लाख २५ हजार ९२८ रुपैयाँ मा खरिद विक्री गरेको अख्तियारले जनाएको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित चार कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो ८ लाख ७४ हजार ३ रुपैयाँ बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन माग गरिएको छ। विशेष अदालत काठमाडौंमा दायर आरोपपत्रमा लक्ष्मी ट्रेडर्सकी ललिताकुमारी पनि मुख्य कसुरदारहरुलाई सरह सजाय गरी बिगोसमेत असुल उपर गर्न माग गरिएको छ।

 

Shivam cement

प्रकाशित: Jan 25, 2024| 14:47 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्