आइतबार, वैशाख ३०, २०८१

मुगुमा भाइरल ज्वरोको प्रकोप: तीन जनाको मृत्यु, थुप्रै बिरामी

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

मुगु जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाउँमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ।

triton college

भाइरल ज्वरोले सोरु गाउँपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरु गाउँपालिका– ६ जिमा गाउँका कर्णजित बुमीले बताए।

जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन्। जिल्ला अस्पताल बिरामीले भरिएको छ। गाउँभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे। विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन्। स्वास्थ्य चौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सकसहितको टोलीबाट सोरु गाउँपालिकाका पुरुमुरु र जिमा गाउँका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ। जिल्ला अस्पतालका चिकित्सक कमल ढुंगानाले चिसोका कारण बिरामी बढेका बताउँदै भाइरल फिबर नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए। तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुन्।

प्रकाशित: Jan 25, 2024| 13:26 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्