सोमबार, कात्तिक २, २०८३

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त गाभिने

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन्। मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो।

सभाले ७३:१०० को अनुपातमा सेयर आदानप्रदान गर्ने प्रस्ताव पारित गरेको छ। सभाले सञ्चालक समितिको निर्विरोध चयन पनि गरेको छ। गाभिने सम्बन्धमा दुई संस्थाबीच गत आर्थिक वर्ष नै समझदारी भएको थियो।

सभाले गाभिने सम्बन्धमा बाँकी रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ। श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ।

 

प्रकाशित: Jan 25, 2024| 12:10 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्